Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


राजनीतिक खिचातानीका कारण १२ दिनदेखि क्याम्पस बन्द


0
Shares

क्याम्पस सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले तत्कालिन क्याम्पस प्रमुख गिरीराज कडायतलाई हटाएर डम्बरबहादुर पाललाई क्याम्पस प्रमुखमा नियुक्त गरेपछि नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठलले क्याम्पसमा तालाबन्दी गरेको थियो ।

नवनियुक्त क्याम्पस प्रमुख पालले क्याम्पस सञ्चालक समितिको बैठकले आफुलाई प्रमुखमा नियुक्त गरेको बताउँदै विद्यार्थीहरुले ‘माथिको निर्देशनमा’ क्याम्पसमा तालाबन्दी गरेको आरोप लगाए ।

क्याम्पस संचालक समितिका अध्यक्ष विरेन्द्र भट्टले १३ सदस्यीय कार्य समितिमा ९ जनाको उपस्थितिमा क्याम्पस प्रमुखमा पाललाई नियुक्त गरिएको बताए ।

विद्यार्थीहरुले तालाबन्दी गरेपछि अहिलेसम्म खुलाउने प्रयास नहुँदा पठनपाठन प्रभावित हुँदै आएको छ । नेकपा माओवादी केन्द्र प्रदेश नम्बर ७ का ईन्चार्ज लेखराज भट्टले क्याम्पसमा भएको तालाबन्दीबारे छलफल गरी निकासाको पहल गरिने बताए ।