Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


संविधान कार्यान्वयनपछि मुलुकले निकास पाउँछ : प्रधानमन्त्री


0
Shares

भण्डारी सेवा समाजले मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रकमको चेक बुझ्दै प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयनसँगै मुलुकका सबै समस्या समाधान हुने दाबी गरे ।

कांग्रेस नेतृत्वको सरकारका बेला जारी भएको संविधान कार्यान्वयन पनि कांग्रेस नेतृत्वकै सरकारले गर्ने भएकाले आगामी निर्वाचन सफल बनाउन सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले बाढीपीडितको उद्धार र राहत सरकारको पहिलो प्राथमिकता भएको भन्दै दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने संघ, संस्थाप्रति आभार व्यक्त गरे ।

भण्डारी सेवा समाजका अध्यक्ष जीवन भण्डारीले भूकम्पपीडित र विभिन्न सामाजिक क्षेत्रमा आफ्नो संस्थाले काम गर्दै आएको जानकारी दिए ।

यसैबीच फेडेक्स नेपालले पनि मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेको छ ।