
उक्त सम्झौताका लागि अंकाराले करिब साढे दुई अर्ब डलर रकम जम्मा गराइसकेको टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दाेगानले बताए ।
रुसी एस–४०० नामक क्षेप्यास्त्र प्रणालीले ४०० किलोमिटर परसम्म उडिरहेका विमानमा निशाना लगाउन सक्ने र एकैसाथ दुई वटा क्षेप्यास्त्र प्रहार गर्दै ८० वटा निशानामा एकैपटक हान्न सक्ने छ ।
नेटोका सदस्य राष्ट्रमध्ये टर्कीसँग दोस्रो ठूलो सैन्य क्षमता रहेको छ । यता,अमेरिकाले टर्की र रुसबीचको सम्झौताको विरोध गरेको छ ।
अमेरिका र यूरोपसंग सम्बन्ध चिसिए पछि टर्कीले रुससंग नजिकिने प्रयास गरेको छ ।
अमेरिकाले कुर्द विद्रोहीलाई सैन्य सहयोग गरेको भन्दै एर्दोगान सरकारले आपत्ति जनाउंदै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्