Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रातु नदीको पुल भाँचियो, यातायात संचालनमा समस्या


0
Shares

केही दिनअघिको वर्षाका कारण रातु नदीमा आएको बाढीले पुल भाँचिएपछि डाइभर्सन निर्माण गरी यातायात सञ्चालनको व्यवस्था गरिए पनि पटकपटक समस्या पर्ने गरेको छ ।

बाढीले डाइभर्सनसमेत बगाउने गरेकाले महोत्तरीको बर्दिवासमा सवारी साधनको जाम हुने गरेको छ ।

डाइभर्सनबाट नदी पार गर्न सवारी साधनले धेरै समय कुर्नुपर्दा बर्दिवासमा जाम हुने गरेको हो ।

सवारी साधनको जामकै कारण सर्वसाधारणलाई आवतजावत गर्न र व्यापार व्यवसाय सञ्चालन गर्न तथा नगरको सरसफाईमा समेत समस्या भएको छ ।

रातु नदीको क्षतिग्रस्त पुलमाथि सडक डिभिजन कार्यालयले बेली ब्रिज निर्माण गर्न थालेको छ ।

बेली ब्रिज निर्माणको काम सकिन अझै १५ दिन लाग्ने सडक विभागले जनाएको छ ।