४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


भारतलाई लाग्यो झट्का, अमेरिकासँग किनेको तोप परीक्षणमा असफल


0
Shares

हालै पोकरण फायरिङ्ग रेन्जमा गरिएको परीक्षणमा उक्त तोप असफल भएको हो । सैन्यस्रोतका अनुसार परीक्षणका क्रममा तोपको गन ब्यारेल नै फुटेको थियो ।

उक्त घटनामा कुनै मानवीय क्षति भने भएको छैन । तोपको गन ब्यारेल कसरी फुट्यो भन्नेबारे अनुसन्धान सुरु गरिएको जनाइएको छ । हाल यो तोपको थप परीक्षणमा समेत रोक लगाइएको छ ।

अमेरिकासँगको सम्झौता अन्तर्गत भारतले यस्ता एक सय ४५ तोप खरिद गर्ने भएको थियो । प्रत्येक तोपको मूल्य ३९ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ ।

यो तोप हलुको र आकारमा समेत सानो भएका कारण सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने बताइन्छ । (एजेन्सी)