Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


छोराका हत्याराविरुद्ध चितवनमा रहेको मुद्दा काठमाडौं सार्न गगांमायाको अपिल


0
Shares

gangamaya citizen appeal

हाल मुद्दा चलिरहेको चितवन जिल्ला अदालतबाट निस्पक्ष न्याय सम्पादन हुने वातावरण नभएको भन्दै मुद्दा सारिपाउ गंगामायाले पाटन उच्च अदालतसमक्ष निवेदन पेश गरेकी हुन् ।

चितवन अदालतमा आफ्ना पक्षका कानून व्यवसायीमाथि विपक्षीबाट हुलहुज्जत र धम्की दिने जस्ता कार्य बारम्बार हुने गरेको भन्दै उनले निष्पक्ष सुनुवाईका लागि मुद्दा काठमाडौं सारिदिन आग्रह गरेकी हुन् ।

अदालतसमक्ष आफैं उपस्थित भई गंगामायाले पेश गरेको निवेदनमा डरत्रास र धम्कीकै कारण चितवनका स्थानीय वकीलहरुबाट बहस हुने अवस्था नभएको, साक्षी बकपत्र हुन नसकेको अवस्था रहेको उल्लेख छ ।

उनले बहस पैरवी सकेर बहस नोट पेश गर्दासमेत पटक–पटक मुद्दा पेशी चढाउने, इजलाश बस्ने तर फैसला नगर्ने खेल भएको पनि निवेदनमा उल्लेख गरेकी छन् ।

अधिकारीका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई माओवादीका कार्यकर्ताले २०६२ साल जेठ २४ गते चितवनमा अपहरण गरी हत्या गरेका थिए ।

सोही हत्यामा संलग्नहरुलाई कार्वाही गरी आफूलाई न्याय दिन माग गर्दै गंगामाया र उनका पति नन्दप्रसादले लामो समयदेखि विभिन्न उपाय र आग्रह गर्दै आएपनि सुनुवाई नभएपछि आमरण अनशनसमेत बस्नु भएको थियो ।

न्याय प्राप्तिका लागि अनशनरत नन्दप्रसाद अधिकारीको ३ सय ३३ औं दिन २०७१ साल असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो ।

पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको नन्दप्रसाद अधिकारीको पार्थिव शरीरको अझैसम्म दाहसंस्कार हुन सकेको छैन ।

एसएलसी दिएर चितवनमा रहेका आफन्त भेट्न गएका गोरखा फुजेलका १७ बर्षिय कृष्णप्रसादलाई माओवादीले सुराकीको आरोपमा पक्राउ गरी हत्या गरेका थिए ।

तत्कालै कृष्णप्रसादका दाईले हत्यामा संलग्न भन्दै गोरखा फुजेलका छविलाल पौडेलसहित १३ जनाविरुद्ध किटानी उजुरी दिएका थिए ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)