१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


राजनीतिक दलहरुमा राजनीतिक संस्कारकै अभाव : प्रमुख आयुक्त यादव


0
Shares

बुधबार राधानीमा निर्वाचन पर्यवेक्षक संस्थाहरुका प्रतिनिधिहरुसँगको अन्तरक्रियामा यादवले दलहरुले भाषणमा जति प्रजातान्त्रिक कुरा गरेपनि यथार्थमा दलहरुमा राजनीतिक संस्कारकै अभाव रहेको जिकिर गरे ।

प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा भइरहेका आचारसंहिता उल्लंघनका घटनाप्रति संकेत गर्दै प्रमुख आयुक्त यादवले ‘राजनीतिक दल र उम्मेदवारहरुमा संस्कार नभएकै कारण यस्तो भइरहेको हो’–भने ।

अन्तरक्रियामा सहभागी निर्वाचन प्रयवेक्षक संस्थाका प्रतिनिधिहरुले आयोगको तर्फबाट आचारसंहिता कार्यान्वयनमा कमजोरी भइरहेको गुनासो गरेका थिए ।