Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


जितिया पर्व राजधानीमा पनि मनाइयो


0
Shares

काठमाडौं उपत्यकामा बस्दै आएका थारु समुदायले पनि यो पर्व मनाएका हुन् ।

थारु महिला सभा र थारु महिला समाजले संयुक्तरुपमा राजधानीमा आयोजना गरेको कार्यक्रममा थारु महिलाहरुको उल्लेख्य सहभागिता थियो ।

मातृत्व सम्मानकोरुपमा लिइने यो पर्वमा महिलाले दिवंगत आमा, सासूलगायतको सम्झनामा व्रत बस्ने गर्दछन ।

सूर्यपुत्र जितमहानको पूजा गरी श्रीमान् र छोराछोरीको राम्रो स्वास्थ्यको कामना गदै व्रतसमेत बस्ने प्रचलन रहेको बताइन्छ ।