Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


राष्ट्रपतिसामु बालबालिकाले प्रस्तुत् गरे प्रतिभा


0
Shares

बिहीबार मनाइने बालदिवसको सन्दर्भ पारेर बालबालिकाहरुले राष्ट्रपति भवन शीतल निवासमा रमाइलो प्रस्तुति दिएका हुन् ।

‘बालमैत्री शासन : बालअधिकारको सम्मान’ भन्ने नाराका साथ यो वर्ष मनाउन लागिएको बालदिवसको पूर्वसन्ध्यामा राजधानीका विभिन्न विद्यालयका बालबालिकाहरुले राष्ट्रपति भण्डारीसमक्ष साक्षात्कार गरेका हुन् ।

कार्यक्रमपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बालदिवसको पूर्वसन्ध्यामा बालबालिकाहरुसँग भेट्न पाउँदा खुसी लागेको बताइन् ।

राष्ट्रपतिलाई भेटेर आफ्ना कुरा राख्न पाउँदा निकै खुसी लागेको बालबालिकाहरुले बताए ।