
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वस्थ्य रहन योग आवश्यक रहेकोमा जोड दिएका छन् ।
चौथो राष्ट्रिय योग दिवसको आज काठमाडौमा उद्घाटन गर्दे उनले नियमित योग गर्दा रोग लाग्नबाट बच्न सकिने भएकाले स्वस्थ्य जीवनको लागि योग अपरिहार्य रहेको बताए ।
मन्त्री यादवले योग शिक्षाको लागि सरकारले गृहकार्य गरिरहेको पनि बताए ।
उनले व्यस्त दैनिकी र अखाद्य वस्तुको सेवनले स्वास्थ्यमा नकारात्मक असर पुग्ने भएकाले पनि योग आवश्यक रहेको उल्लेख गरे ।
शान्ति र समृद्विका लागि योग भन्ने नारा सहित मनाइएको योग दिवसमा स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न संघ, संस्थाको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्