Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


इन्द्रचोकमा न्यतभूलु अजिमाको देवी नाच


0
Shares

२०६६ सालदेखि सुरु भएको यो देवी नाच बुधबार इन्द्रचोकमा प्रस्तुत् गरियो ।

बुधबारै अजिमाको मूलघरमा सिद्धिपूजा गरी गणहरुलाई नगरपरिक्रमा गराइ इन्द्रचोकमा नाच प्रस्तुत् गरिएको हो ।

अजिमा गणमा श्वेतकाली, कुमारी, गणेश, भैरव, बाराही, महालक्ष्मी, नारायणी, इन्द्रायणी, रुद्रायणी, ब्रह्मायणी, सिंहिनी, ब्यांगघिनी, करुणामय, चण्डेश्वरी, महादेव, कुमार, दैत्य, ध्वों र खिचा रहेका छन् ।

भदौ ३१ गते देवी नाचको अन्तिम दिन हनुमानढोकाको नासलचोकमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्वेतकाली गणको दर्शन गरिसकेपछि सोही मध्यरातमा देवी नाच सम्पन्न हुनेछ ।

नरदेवीका तुलाधर समुदायकी इष्टदेवी न्यतभूलु अजिमाको १२ वर्षे तान्त्रिक देवी नाच यसअघि २०३५ सालमा गरिएको जनाइएको छ ।

श्वेतकालीलाई कालीहरुमध्ये शान्तदेवीकोरुपमा लिने गरिन्छ । यसरी १२ वर्षे देवी नाच प्रस्तुत् गर्दा शान्ति, सुस्वास्थ्य र विभिन्न प्रकोपहरुबाट मुक्त हुने जनविश्वास रहेको छ ।