Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


अनागारिका महासधम्मज्योतिकधज्व ञाणसीलाको निधन


0
Shares

ञाणसीलाको बुधबार राति पाटनको शाक्यसिंह विहार, थैनामा ९३ वर्षको उमेरमा निधन भएको हो ।

२००६ सालमा थेरवाद बौद्धधर्मबाट प्रवर्जित भएका ञाणसीलाले राणाकालमा बौद्धधर्मको उत्थान र नारी जागरणका लागि विशेष योगदान दिएका थिए ।

नारीलाई शिक्षा दिनुपर्छ भनेर संगठितरुपमा संघर्ष गर्दै आएका ञाणसीलाले अनागारिका संघ स्थापनासमेत गरेका थिए । नेपालमा विपश्यना ध्यानको विकासमा महत्वपूर्ण योगदान दिने उनी अन्तर्राष्ट्रिय बौद्ध ध्यानकेन्द्रका निर्देशकसमेत थिए ।

अनागारिका संघका संस्थापक रहेका ञाणसीलाका एक दर्जनभन्दा बढी बौद्धधर्मसम्बन्धी नेपाल र नेपाली भाषामा पुस्तक प्रकाशित छन् । उनको शनिबार अन्तिम संस्कार गरिने बताइएको छ ।

उनको अन्तिम संस्कारमा थाइल्यान्ड, श्रीलंकालगायतका देशहरुबाट आउने बौद्ध प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ ।