Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


प्रदेश प्रमुख मल्ल कालो सूचीमा !


0
Shares

काठमाडौं, माघ १ । सुदूरपश्चिम प्रदेश प्रमुख (गभर्नर) मोहनराज मल्ल २८ वर्षदेखि कालोसूचीका ऋणी भएको खुल्न आएको छ ।

मल्लले तीन दशकअघि लिएको ऋण नतिरेपछि २०४७ सालदेखि कालोसूचीमा राखिएको नेपाल बैंकले जनाएको छ ।

मल्ल, उनका भाइ मदनबहादुर लगायत मल्ल समूहले २०४१÷०४२ सालमा नेपाल बैंकबाट ९८ लाख ५३ हजार रुपैयाँ ऋण लिएका थिए । ऋण लिएको तीन वर्षपछिबाट यो समूहले साँवाब्याज केही पनि भुक्तानी नगरेपछि २०४७ कात्तिक ३० देखि कालोसूचीमा राखिएको हो । –कान्तिपुर दैनिकबाट