Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


ससुराली पुगेका थवाङ गाउँपालिकाका अध्यक्ष सम्पर्कविहीन


0
Shares

थवाङ–२ कोइचावाङमा रहेको ससुराली पुगेका घर्तीलाई सोही स्थानबाट १०/१२ जनाको समूहले सम्पर्कविहीन बनाएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

अध्यक्ष घर्तीको खोजीका लागि थवाङ आसपासका प्रहरी युनिटबाट प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिए ।

रोल्पाको टिलामा रहेको सशस्त्र प्रहरीको टोली पनि घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

सदरमुकाम लिवाङबाट आफ्नै नेतृत्वमा प्रहरीको एक टोली घटनास्थलतर्फ गइरहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

थवाङ गाउँपालिकाको भदौ ३१ गते हुने प्रथम गाउँसभा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको हुँदा सो कार्यक्रम बिथोल्न विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले घर्तीको अपहरण गरेको हुनसक्ने बताइएको छ । (रासस)