१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


मतदान केन्द्रहरुमा कर्मचारी नपुग्दा अन्योल, मतदाता परिचयपत्र वितरण हुन सकेन


0
Shares

शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण गर्ने भनिएपनि कर्मचारीहरु सम्बन्धित केन्द्रमा नपुग्दा मतदाता अन्योलमा परेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खटाइएका कर्मचारीहरुले पारिश्रमिक नपाएको भन्दै कार्यक्षेत्रमा नगएको बताइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी व्यवस्थापन गर्न नसक्दा भद्रगोल बनेको छ ।

रौतहटमा २७७ मतदानस्थल र ४३४ मतदान केन्द्र रहेका छन्, जहाँ २५ सय ८५ कर्मचारीको व्यवस्था गरिएको छ ।

ती स्थानहरुका लागि तोकिएका कर्मचारीहरु भने पारिश्रमिक नपाएको गुनासो गर्दै सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयमै बसिरहेका छन ।

कतिपय कर्मचारीले भने पायक नपर्ने स्थानमा खटाएको भन्दै दुखेसोसमेत गरेका छन् ।