१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


माघे संक्रान्तिमा खाइने खानेकुराहरु स्वास्थ्यका लागि निकै लाभदायक (भिडियो)


0
Shares

प्रतीक्षा खनाल र दिलिप पोखरेल (इमेज)

काठमाडौं, पुस ३० । नेपाली समाजमा माघे संक्रान्ति पर्वको विशेष महत्व रहेको छ । यो पर्वमा तरुल, घ्यू, चाकु, तिलको लड्डु, खिचडीलगायतका परिकार खाने चलन छ ।

माघे संक्रान्तिको दिनदेखि सूर्य उत्तरायण हुने भएकाले यो पर्वलाई मकर संक्रान्तिकारुपमासमेत मनाउने गरिन्छ ।

माघे संक्रान्तिपछि दिन लामो र रात छोटो हुँदै जाने विश्वास पनि रहेको छ ।

नेपालका हरेक समुदायले यो पर्व आ–आफ्नै तरिकाले मनाउने गर्दछन् ।

मकर संक्रान्तिकारुपमा मनाउनेहरुले विभिन्न तीर्थमा गएर स्नान गरी पूजा–आराधना गर्ने गर्दछन् ।

अधिकांश समुदायमा भने यस पर्वको अवसरमा तरुल, सखरखन्ड, घ्यू, चाकु, तिलको लड्डु, भुजा वा मुरैको लड्डु, खिचडीलगायतका परिकार खाने चलन छ ।

पौष्टिक तत्वले भरपुर यी खानेकुराहरु स्वास्थ्यका लागि निकै लाभदायक छन् । तरुललगायतका कन्दमुल यो सिजनका मौसमी खानेकुरा पनि हुन्  ।

यिनीहरुमा कार्बोहाइडेट, फाइबर, मिनरल र प्रोटिनको मात्र प्रशस्त रुपमा पाइने हुँदा यसले शरीरलाई निकै फाइदा पुर्‍याउने पोषणविद्को भनाइ छ ।

यो पर्व मध्य जाडोयाममा पर्ने भएकाले यतिबेला खाइने घ्यू, चाकु, तिलको लड्डुलगायतका खानेकुराले शरीरको तापक्रम बढाइ जाडोबाट बच्न सहयोग गर्नुका साथै विभिन्न चर्मरोग र जोर्नीका समस्याहरुमा राहत पुर्‍याउँछ ।

यस्ता खानेकुराहरु जाडोयामभरि खाँदा पनि मानव शरीरलाई फाइदा पुग्नेमा शंका छैन ।

भिडियो हेर्नुहोस्