Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीहरु निर्वाचन क्षेत्रमा नजानोस् : आयोग


0
Shares

मतदानमा आफ्नो मताधिकार प्रयोग गर्न सम्बन्धित जिल्लामा रहनुपर्ने मन्त्रीबाहेक अन्य मन्त्रीको उपस्थितिले निर्वाचनमा स्वच्छता, निष्पक्षता र स्वतन्त्रतामा आँच पुग्नसक्ने जनाउँदै आयोगले मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीलाई निर्वाचन हुने जिल्लामा उपस्थित नभइदिन आयोगले अनुरोध गरेको हो ।

‘निर्वाचन आचारसंहिता उल्लंघन नहुने गरी मताधिकारको प्रयोगका लागि आफ्नो मतदान केन्द्र रहेको जिल्लामा मन्त्रीको उपस्थित हुनु स्वाभाविकै हो’ भन्दै आयोगले शुक्रबार राति १२ बजेपछि निर्वाचनको मौनअवधि सुरु हुने भएकाले मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीलाई जिल्लामा उपस्थिति नभइदिन आग्रह गरिएको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

सो विषयमा मन्त्रीलाई अनुरोध गरी त्यसको जानकारी आयोगमा गराउन आयोगले बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा, महोत्तरी, धनुषा र सप्तरी जिल्लाका प्रजिअलाई पत्र पठाएको छ । रासस