Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


दैनिक प्रयोग हुने सामान लोप हुन नदिने अभियानमा विष्णुबहादुर


0
Shares

मंगलसेन नगरपालिका-७ का स्थानीय विष्णुबहादुर खड्काले अभियान चलाएका हुन् ।

पुराना र ऐतिहासिक सामग्रिहरु (भाँडाकुडा, हतियार, गर–गहना आदि) लोप हुने र भावी पुस्ताले नाम समेत थाहा नपाउने अवस्था आउन लागेको भन्दै खड्काले पुराना सामग्रीहरु सञ्चालन गर्न लागेको बताएका छन् ।

अहिले प्रयोगमा नभएका तर पुर्खाहरुले प्रयोग गरेका भाँडाकुडा, हातहतियार, पौराणिक कला संस्कृति झल्किने गर गहना, माटोका भाँडा, कपडा बुन्ने चर्का, बाँस निगालो वाट बनेका डोको, डालो, दुध राख्ने बाँसको गाबु, काठका बिभिन्न भाँडाकुडा, र अन्य यस्तै सामाग्रीहरु संकलन कार्य गरिरहेको खड्काले बताए ।

बि.स. १९७० मा निर्माण भएको आफ्नो तिन तल्ले घरलाई पनी संरक्षण गरेर अहिलेसम्म संकलन भएका सामाग्री त्यहाँ राखिएको उनले बताए ।

आफु जुन गाँउमा गयो त्यहींवाट पुराना सामग्रिहरु संकलन गरि ल्याँउने गरेको बताउने उनले हालसम्म २ दर्जनभन्दा बढी ऐतिहासिक सामानहरु संकलन गरिसकेको बताएका छन् ।

यहि असार २५ गतेवाट यो अभियानमा लागेका खड्काले हालसम्म घोडाको काँटी, चाँप, कणेली, पुराना ताला, चाल्ना, लुगा बुन्ने हाते चर्का, बईटो, काठको सन्दुक (बाकस), दहि दुध राख्ने बाँसका गाबु, ठेकी, काठवाट बनेका तेल राख्ने पुराना चौठा, जुम, ठम्मको माला, पैसाको माला, पुराना कुर्सी, कालोपाटी, निगालोका कलम आदि सामाग्री संकलन गरिसकेका छन् ।

स्थानीय स्थरमा प्रयोग भएका र भईरहेका पुराना सामाग्रीहरु बढ्दो आधुनिकता संगै लोप हुनलागेकाले यो अभियान चलाएएको खड्का बताउँछन् ।

आफुले संकलन गर्ने सामाग्रीहरु सुरक्षित राखिने र यसको स्वामिथ्व स्थानिय तह र सरकारले लिनेगरी सरोकारवालाले दवाव श्रृजना गर्दै इतिहासलाई जिवित राख्नुपर्ने उनको भनाई छ ।