१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


सरकारको तर्फबाट आचारसंहिता उल्लंघन भएको छैन : गृहमन्त्री


0
Shares

शनिबार राजधानीमा गरिएको साक्षात्कारमा गृहमन्त्री शर्माले निर्वाचन हुनुभन्दा ७२ घन्टा अघिदेखि नै सबै सीमानाका बन्द गरिएको जानकारी गराए ।

उनले अत्यावश्यकीय ठाउँमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको र मतदाताहरु मत दिन आतुर भएको उल्लेख गरे ।

सरकारको तर्फबाट निर्वाचन आचारसंहिताको उल्लंघन नभएको दाबी गर्दै उनले कसैले गरेको भए निर्वाचन आयोगले कारबाही गर्नसक्ने बताए ।

निरन्तर निर्वाचन गर्दा राज्यलाई खर्चको ठूलो भार पर्नसक्ने भन्दै गृहमन्त्री शर्माले सरकार, राजनीतिक दल सबैले खर्चमा मितव्ययीता अपनाउनु आवश्यक रहेको बताए ।