Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


नासलचोकमा ३८ वर्षपछि देवी नाच, राष्ट्रपतिद्वारा अवलोकन (भिडियो)


0
Shares

चन्डेश्वरी देवी र श्वेतकालीले तन्त्र साधना गरी चन्डासुर दैत्यको बध गरी नृत्य सम्पन्न गरिएको थियो ।

शनिबार हनुमानढोका दरबारको नासलचोकमा ३८ वर्षपछि भएको देवी नाच राष्ट्रपति भण्डारीले अवलोकन गरी श्वेतकाली गणको दर्शन गरिन् ।

काठमाडौंको नरदेवीस्थित न्यतभूलु अजिमाको १२ वर्षे तान्त्रिक देवी नाच २०६६ सालदेखि सुरु भएको र नाच विभिन्न ठाउँमा नचाइसकेपछि शनिबार धार्मिक परम्पराअनुसार सम्पन्न गर्न नासलचोकमा देवी नाच देखाइएको हो ।

१२ वर्षे तान्त्रिक देवी नाचमा श्वेतकाली गणका सदस्यहरुमा देवी नचढेसम्म नाच सन्चालन हुँदैन । तसर्थ नाच लोप हुने भएकाले २०६६ सालमा क्षमापूजा गरी १२ वर्षे नाच सन्चालन गरेको नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।

गत बुधबार अजिमाको मूलघरमा सिद्धि पूजा गरी गणहरुलाई नगर परिक्रमा गराइ इन्द्रचोकमा देवी नाच प्रस्तुत गरिएको थियो ।

अजिमाको गणमा श्वेतकाली, कुमारी, गणेश, भैरव, बाराही, महालक्ष्मी, नारायणी, इन्द्रायणी, रुद्रायणी, ब्रह्मायणी, सिंघिनी, ब्यांगधीनी, सुथःमाजु, चन्द्रश्वरी, महादेव, कुमार, दैत्य, ध्वों र खिचा रहेको हुन्छ ।

यसरी १२ वर्षमा श्वेतकालीको तान्त्रिक गणलाई निकाल्दा अन्नको कमी नहुने, शान्ति, सुस्वास्थ्य र विभिन्न प्रकोपबाट मुक्त हुने धार्मिक विश्वास छ ।

नेपाल र ल्हासा तिब्बतका व्यापारी तुलाधर समुदायको इष्टदेवी श्वेतकाली गणको नाच भने ज्यापु समुदायले गर्दछन् ।

भिडियो हेर्नुहोस्