परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै ‘अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीकोसमेत बेवास्ता’ गर्दै उत्तर कोरियाले गरेको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको कडा शब्दमा निन्दा गरेको हो ।
‘डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेर संयुक्त राष्ट्रसंघको नियम उल्लंघन गरेको छ’–विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले उक्त परीक्षणलाई ‘अफसोच’को विषय बताउँदै विश्वमा क्षेप्यास्त्र परीक्षणको होडबाजीलाई प्रोत्साहन गरेको उल्लेख गरेको छ ।
साथै, मन्त्रालयले शस्त्र निःशस्त्रीकरणको सामान्य नियमको आधारमा आमनरसंहार गर्ने परमाणुशस्त्र परीक्षणको नेपाल सधैं विपक्षमा रहनेसमेत बताएको छ ।
नेपालले कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरता देख्न चाहेको पनि विज्ञप्तिमा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्