Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


बल्खुमा सडक विस्तारकाक्रममा जमिनमुनि दुई फिट अग्लो बुद्धको मूर्ति भेटियो


0
Shares

बल्खुमा रहेको सीता पेट्रोलपम्पनजिक स्काभेटरले जमिन खन्दा करिब चार फिट तल बुद्धको मूर्ति फेलापरेको प्रहरीले जनाएको छ ।

फेलापरेको मूर्तिको दायाँ हात भाँचिएको छ । मूर्ति पञ्चबुद्धमध्ये वैलोचन वा रत्नसम्भवको हुनसक्ने जनाइएको छ ।

सडक विस्तारकाक्रममा मूर्ति फेलापरेपछि इन्जिनियर प्रवेश मानन्धरले तत्काल प्रहरीलाई खबर गरेका थिए । लगत्तै महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले घटनास्थल पुगेर मूर्ति जिम्मा लिएको हो ।

प्रहरीले मूर्ति आइतबार पुरातत्व विभागमा पठाएको वृत्त प्रमुख डीएसपी प्रदीपकुमार क्षत्रीले जानकारी दिए । मूर्ति पुरातात्विक र ऐतिहासिक महत्वको हुनसक्ने उनले बताए ।