१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


मतदाता उत्साहित


0
Shares

सुरक्षा व्यवस्था, सबै दलको सहभागिता र निर्वाचनको सबै तयारी मतदान केन्द्रमा भएपछि मत दिन बाराका मतदाता उत्सुक बनेका हुन् ।

जिल्लाभरि रहेको ३०३ मतदानस्थलमा आइतबार बिहानैदेखि चहल–पहल बढ्नुका साथै बुथ बनाउने र सुरक्षाकर्मी परिचालन गर्ने काम तीव्ररुपमा भएको छ ।

जिल्ला निर्वाचन कार्यलयले स्थानीय तहमा रहेको निर्वाचन कार्यालयलाई पठाएको मतपेटिका र मतपत्र मतदानस्थलसम्म पुर्‍याउने काम सम्पन्न भएको छ ।

त्यससँगै मतपेटिका र मतपत्रको सुरक्षा र बुथ बनाउने कामलाई तीव्र पारिएको छ ।

प्रहरीको निगरानीमा रहेको मतदानस्थलमा आइपुगेको मतपेटिका र मतपत्रलाई कडा सुरक्षा घेराबीच राखिएको प्रहरी नायब उपरीक्षक विश्वविजय महतले जानकारी दिए ।

सर्लाहीमा पनि तयारी पूरा
सर्लाहीमा पनि मतदानका लागि आवश्यक तयारी पूरा भएको सर्लाहीका निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिएका छन् ।

सबै मतदान केन्द्रहरुमा महिला, पुरुष, अशक्त, अपांग र वृद्धवृद्धालाई अनुकुल हुनेगरी मतदान गर्ने ठाउँ बनाइएको छ ।

भारतसँग सीमा जोडिएका नाकाहरुमा चेकजाँच कडा पारिएको जनाइएको छ ।

सर्लाहीमा १ हजार ४० जनप्रतिनिधि चयन हुनेछन् । सर्लाहीमा कुल ३ लाख ६६ हजार ६०५ जना मतदाता रहेका छन् ।