
कञ्चनपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी तथा चालकको चेकजाँचलाई तिव्रता दिएको छ ।
प्रहरीले लामो रुटमा चल्ने सवारी साधन र सवारी चालकको चेकजाँचलाई तिव्रता दिएको हो ।
सवारी साधनको अवस्था र चालककै कारण दुर्घटना बढ्ने गरेको गुनासो बढेपछि प्रहरीले चेकजाँच सुरु गरेको जनाएको छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चालकको आँखा, रक्तचाप र सवारीसाधनको अवस्थाको चेकजाँच गरिएको ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख भरत शाहले जानकारी दिए ।
शाहका अनुसार चालकको स्वास्थ्य परीक्षणका लागि महाकाली अञ्चल अस्पताल र महेन्द्रनगर आँखा अस्पतालबाट विशेषज्ञको टोली खटिएका छन् ।
यस्तै, महाकाली अञ्चल यातायात कार्यालयबाट मेकानिकल ईन्जिनियरले सवारीसाधनको चेकजाँच गरेका थिए ।
स्वास्थ्य परीक्षणका क्रममा अधिकांश चालकको आँखा र रक्तचाप कमजोर रहेको पाइएको छ ।
ट्राफिक प्रहरीले अवस्था ठीक नभएका सवारीचालकलाई सचेत गराउनुका साथै जरिवानासमेत गराएको छ ।
प्रतिक्रिया दिनुहोस्