Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


भरतपुरमा रिक्सा चालकहरु आन्दोलित


0
Shares

तीनपांग्रे सवारीले ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै महानगरपालिकाले गरेको निर्णयविरुद्ध उत्रिएका चालकहरुले आइतबार रिक्सा सडकमा तेस्र्याएर सडकजाम गरेका हुन् ।

अपराह्न ५ बजेपछि भने प्रहरीले बल प्रयोग गरी सडक खुलाएको छ ।

भरतपुरको चौबिसकोठी र सहिदचोकमा सडक अवरुद्ध गरिएको थियो । निर्णय फिर्ता नलिए कडा संघर्षमा उत्रने चेतावनी पनि उनीहरुले दिएका छन् ।