Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


वाइडबडी घोटाला प्रकरणमा मेरो कुनै संलग्नता छैनः सभापति देउवा


0
Shares

कैलाली । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइडबडी विमान घोटाला प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले वाइड बडी प्रकरण आफ्नो नाम जोडेर अन्याय गरिएको भन्दै दुःख व्यक्त गरे ।

उनले वाइडबडी प्रकरणमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालको संलग्नता रहेको दाबी पनि गरे ।

सभापति देउवाले देशमा शान्ति सुरक्षाको अवस्था खस्कँदै गएको दाबी गरे ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारले नसकेको आरोप लगाउँदै उनले सरकारमाथि खबरदारी गर्न आह्वानसमेत गरे ।

सभापति देउवाले नेपाली कांग्रेसले छाया सरकार नभई विशेष समिति बनाएर सरकारका काम कारवाहीको मूल्यांकन र निगरानी गर्ने बताए । त्यसका लागि केही व्यक्तिलाई जिम्मेवारी दिइने उनको भनाइ थियो ।