४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


अमेरिकालाई आणविक सम्झौता उल्लंघन नगर्न इरानको चेतावनी


0
Shares

सर्वोच्च नेता खामेनीले आइतबार अमेरिकाले आणविक सम्झौतालाई उल्लंघन गर्ने बाटोमा लाग्नु भनेको ‘साँच्चै निन्दनीय’ कार्य हुने र यसतर्फ अमेरिकी प्रशासन सचेत बन्न चेतावनी दिएका हुन् ।

‘अमेरिकी प्रशासनले आणविक सम्झौताबारे भएको ‘संयुक्त बृहद् कार्ययोजना’ लाई लागू गर्ने कुरामा आनाकानी गर्नु वा सम्झौताको उल्लंघन गर्नु अमेरिकी ‘अनैतिक तथा दुर्भावनापूर्ण व्यवहार’ हो,’ खामेनीले भने ।

उनले अमेरिकी प्रशासनलाई वास्तवमै द्वेषपूर्ण भावनाबाट अघि बढ्न चाहेको भनी आलोचना गर्दै भने, ‘अमेरिकी राष्ट्रपतिले हालै इरानविरुद्ध प्रस्ताव गरेको प्रतिबन्ध यसैको परिणाम हो ।’ रासस/सिन्ह्वा