११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


पाकिस्तानको लाहोरमा भएको उपनिर्बाचनमा नवाज शरिफकी पत्नी भारी मतले विजयी


0
Shares

अदालतबाट गत जुलाइमा पद सम्हाल्न अयोग्य ठहर गरिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफकी श्रीमती कुलसुम भारी मतले विजयी भएकी हुन् ।

मतगणनामा कुलसूम नवाजले आफ्ना निकटतम् प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार बढी मत ल्याएकी हुन् ।

उनले ६१ हजार २ सय ५४ मत प्राप्त गरेर विजयी भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

भ्रष्टाचारसम्बन्धी मुद्दामा पाकिस्तानको सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सार्वजनिक पद धारण गर्न योग्य नभएको ठहर गरेपछि उनले राजीनामा दिएका थिए ।

उनको राजीनामापछि उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको थियो ।

उपनिर्वाचनको नतिजा सार्वजनिक भएपछि पाकिस्तानी सत्तारुढ दल पीएमएलएनले पूर्वप्रधानमन्त्री शरिफलाई राजनीतिक षड्यन्त्रको शिकार बनाएको कुरा जनमतबाट पुष्टि भएको जनाएको छ ।(एजेन्सी)