१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


तीन मन्त्रीद्वारा मतदान, एक स्थानमा तनाव


0
Shares

सो मतदान केन्द्रमा ४३४ मतदाता रहेका छन् ।

त्यस्तै जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले पनि राजविराजस्थित बजारमा रहेको पब्लिक विन्देश्वरी उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

सो मतदान केन्द्रमा एक हजार ३६४ मतदाता रहेको र मतदाता लामबद्ध भई मतदान कार्यमा सहभागी भएका छन् ।

यसैबीच हनुमाननगर कंकालनी नगरपालिका– ९ स्थित मतदान केन्द्रमा दुई पक्षको झडपले त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कार्यकर्ता र उम्मेदवारबीच मतदान गर्ने विषयमा विवाद हुँदा त्यहाँको अवस्था तनाव रहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

हाल त्यहाँ सुरक्षाको व्यवस्था कडा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उता, बारामा शान्तिपूणरुपमा स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतदान भइरहेको छ ।

बारा जिल्लाको १६ वटा स्थानीय तहको निर्वाचन बिहान ७ः०० बजेबाट शान्तिपूर्ण वातावरणमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

श्रम तथा रोजगारमन्त्री फमुल्ला मन्सुरले बिहान ७ः३० बजे सिमरा जीतपुर उपमहानगरपालिका–७ बाट पहिलो मतदान गरे ।

निर्वाचनका लागि मतदातालाई आइतबारसम्म करिब ७५ प्रतिशत मतदाता परिचयपत्र वितरण गरिएको छ । रासस