Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


फोहर व्यवस्थापनमा लापार्बाही नगर्न माग गर्दै धर्ना


0
Shares

   -फाइल तस्विर

फोहर व्यवस्थापनमा लापरबाही भएका कारण त्यहाँको वातावरण बिग्रिएको, स्थानीय जनजीवनमा प्रतिकूल असर परेकाले बिहान ९ बजेदेखि स्थानीयवासीले धर्ना दिएका हुन् ।

महानगरपालिकाले काठमाडौँका विभिन्न वडाबाट संकलन हुने फोहरलाई टेकूस्थित फोहर संकलन केन्द्रमा जम्मा गरेर ल्याण्डफिल्ड साइट, सिसडोललगायत स्थानमा फोहर लैजाने गर्दछ ।

ल्याण्डफिल्ड साइटमा केही दिनदेखि फोहर व्यवस्थापन हुन नसकेका कारण काठमाडौंमा विभिन्न स्थानमा जम्मा भएको फोहर एकैपटक टेकूमा ल्याउन शुरु गरिएकाले दुर्गन्ध फैलिएको स्थानीयवासीको भनाइ छ ।

कामपा–१२ का वडा अध्यक्ष विकास महर्जनले फोहर व्यवस्थापनमा ढिलासुस्ती भएका कारण विभिन्न रोगको संक्रमण बढने खतरा रहेकाले स्थानीयवासीले विरोध गरेको जानकारी दिंदै दसैं, दिपावलीलगायत चाडवाडका समयमा फोहर व्यवस्थापन छिटोछरितो गर्न वैकल्पिक उपाय अपनाउनका लागि छलफल गरिने जानकारी दिए ।

वातावारण व्यवस्था विभागमा इञ्जिनियर रवीनमान श्रेष्ठले स्थानीयवासीले अवरोध गरेका कारण काठमाडौंको फोहर व्यवस्थापन गर्न नसकिएको बताए ।

धर्नाका कारण कुलेश्वर भई टेकु तथा सानेपादेखि टेकूसम्मको सडक खण्ड अवरुद्ध भएको छ ।

उक्त सडकमा सार्वजनिक सवारी साधन सञ्चालन हुन नसक्दा यात्रु समस्यामा परेका छन् ।