१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


राजविराजमा १०३ वर्षीया वृद्धाले लाइनमै बसेर गरिन् मतदान


0
Shares

वडा नम्बर–७ बस्ने १०३ वर्षीया समानदेवी जोशीले मतदान गरेकी हुन् । १९७१ सालमा जन्मिएकी जोशीले मतदाताको लाइनमै बसेर मतदान गरिन् ।

जिल्ला खेलकुद विकास समिति राजविराज वडा नम्बर–७ को मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् । सो केन्द्रमा १ हजार १२८ जना मतदाता छन् ।

सोमबार बिहान ७ बजेदेखि सुरु भएको मतदान सप्तरीका ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ ओटा स्थानीय तहमा शान्तिपूर्णरुपले भइरहेको छ ।

जिल्लाका १६४ वडामध्ये १६३ ओटा वडामा निर्वाचन भइरहेको छ भने राजविराज नगरपालिका वडा नम्बर–१५ का वडाध्यक्ष पदको एकजना उम्मेदवारको मृत्यु भएपछि सो वडाको मतदान असोज ५ गतेका लागि सारिएको छ ।