Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


अनशनरत डा.केसीलाई अस्पताल भर्ना गरियो


0
Shares

इलाम । ६ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको रक्तचाप कम हुँदै गएपछि जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ ।

चिकित्सकहरुले गरेको स्वास्थ्य परीक्षणका क्रममा डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या आउन थालेको भन्दै अस्पताल भर्ना गर्न आग्रह गरेका थिए ।

चिकित्सकहरुको सल्लाहअनुसार नै उनलाई सोमबार विहान जिल्ला अस्पतालमा भर्ना गरिएको हो ।  डा. केसीले अस्पतालमा भर्ना हुन अस्वीकार गर्दै आएका थिए ।

उनले स्वास्थ्य कमजोर बन्दै गएकाले तत्काल अस्पतालमा जानुपर्ने सुझाव चिकित्सकहरुले दिएका थिए ।

इलाममा अत्याधिक चिसो बढेकाले पनि स्वास्थमा समस्या थपिएको हो । चिकित्सा क्षेत्र सुधारलगायतका विषय माग गर्दै उनी १६ औं चरणको सत्याग्रहमा छन् ।

डा. केसीले आफूसँग भएको पूर्वसहमति कार्यान्वयन गर्न सरकारसँग माग गर्दै आएका छन् ।