
मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीकाअनुुसार एक घन्टामा ६० देखि ७० मतदाताले मतदान गरिरहेका छन् ।
१८ ओटा स्थानीय तह रहेको धनुषा जिल्लामा तीन लाख ८९ हजार ३९१ मतदाताका लागि लागि ३२७ मतदानस्थल र ५३२ मतदान केन्द्र राखिएको छ ।
यसैबीच, पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले नगराइन वडा नम्बर–२ स्थित राजेश्वर निधि मतदान केन्द्रबाट मतदान गरे भने खानेपानी सरसफाइमन्त्री महेन्द्र यादवले लक्ष्मीनियाँ गाउँपालिकाबाट मतदान गरे । रासस
प्रतिक्रिया दिनुहोस्