Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


यी हुन् मन्त्रिपरिषद बैठकले गरेका निर्णय


0
Shares

आफूलाई काममा असहयोग गरेको, गुटबन्दी गरेको, आर्थिक अनियमितता गरेको, भन्दै आपूर्तिमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव प्रस्तुत् गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निर्देशक खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, मन्त्रिपरिषदले प्रदेशसभा सदस्यको निर्वाचनको प्रयोजनका लागि पिछडिएको समुदाय र अल्पसंख्यक समुदायको क्षेत्र निर्धारण गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले यही असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा हुने आठौं गैरआवासीय नेपाली विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन गर्नेसमेत निर्णय भएको जानकारी दिए ।

सरकारले संयुक्त राष्ट्रसंघ सुधारसम्बन्धी राजनीतिक घोषणापत्रमा हस्ताक्षर गर्न दुर्गा भण्डारीलाई अधिकार प्रत्योजन गर्ने भएको छ ।

त्यसैगरी, सोमबारको मन्त्रिपरिषद बैठकले आणविक अस्त्र निषेधसम्बन्धी सन्धिमा हस्ताक्षर गर्न उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई अधिकार प्रत्यायोजन गरेको छ ।

‘पछिल्लोपटक अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बिरामीको अकालमा मृत्यु हुने र गम्भीर घाइते हुने समस्या देखिएकाले ती पीडितको क्षतिपूर्ति सम्बन्धित चिकित्सकबाटै भराउने उद्देश्यले आवश्यक विधेयक निर्माण गरी सदनमा पेस गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ’–मन्त्री बस्नेतले भने ।

सूचना तथा सन्चार मन्त्रालयको सन्चार विज्ञकारूपमा छक्कबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ व्यवस्थापिका–संसदमा प्रस्तुत् गर्न स्वीकृति दिने निर्णय भएको मन्त्री बस्नेतले जानकारी दिए । रासस