Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


दिउँसो १ बजेसम्म ५३ प्रतिशत मतदान


0
Shares

१३६ ओटा स्थानीय तहमा जारी मतदानमा सोमबार दिउँसो १ बजेसम्म करिब ५३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)बाट प्राप्त पछिल्लो जानकारीअनुसार सप्तरीमा ५० प्रतिशत, सिरहामा ५० प्रतिशत, धनुषामा ४५ प्रतिशत, रौतहटमा ६० प्रतिशत, महोत्तरीमा ५० प्रतिशत, बारामा ५० प्रतिशत, पर्सामा ५५ प्रतिशत र सर्लाहीमा ६० प्रतिशत मतदान भएको छ ।

प्रदेश नम्बर–२ का एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ ओटा स्थानीय तहमा आज भएको निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य, महिला वडासदस्य र दलित महिला वडासदस्य गरी ६ हजार ६२७ प्रतिनिधि निर्वाचित हुनेछन् ।