१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


शीर्ष नेता, मन्त्री कसले–कहाँबाट गरे मतदान ? (भिडियो)


0
Shares

डा. यादवले राजविराज नगरपालिका–२ स्थित आधारभूत मावि मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरेका हुन् । उनले मतदानमा सहभागी हुन पाउँदा आफूलाई निकै खुसी लागेको बताए ।

यसैगरी, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि गृहजिल्ला रौतहटको गौर नगरपालिकामा पुगेर मतदान गरे । उनले रामजानकी केन्द्रबाट मतदान गरेका हुन् ।

जनताको अधिकार स्थापित गर्न निर्वाचन महत्वपूर्ण भएको नेता नेपालले प्रतिक्रिया दिए ।

त्यसैगरी, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिकाको राजेश्वर निधि उच्च मावि मतदान केन्द्रमा पुगेर मतदान गरे ।

मतदानपछि नेता निधिले २० वर्षपछि भएको स्थानीय निर्वाचनबाट चयन हुने प्रतिनिधिले विकासलाई तीव्रता दिने बताए ।

यसअघिका दुई चरणका स्थानीय तह निर्वाचन बहिस्कार गरे पनि तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुर भने अस्वस्थ भएपछि मतदानमा सहभागी हुन सकेनन् ।

उनले सर्लाहीको बलरा नगरपालिकामा मतदान गर्ने भनिएपनि अस्वस्थ्य भएर आइतबारै काठमाडौं फर्किएका थिए ।

राजपाका नेता राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर–२ को दुर्गा खोभारी जनता उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले रौतहटको दुर्गाभगवती गाउँपालिकास्थित संस्कृत उच्च माध्यमिक विद्यालयबाट मतदान गरेका छन् ।

यस्तै, राजपा अध्यक्षमन्डलका सदस्य महेन्द्रराय यादवले सर्लाहीको हरिपुर्वा नगरपालिका–९ स्थिति रामजानकी मन्दिर मतदान केन्द्रबाट मतदान गरे ।

त्यसैगरी, राजपाकै अर्का नेता शरत्सिंह भण्डारीले महोत्तरीको औरही नगरपालिकास्थित औरही माविबाट मतदान गरेका छन् ।

मतदानले मधेसी जनताको अधिकार स्थापित गर्न सघाएको भण्डारीको भनाइ छ ।

यसैगरी, नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले सिराहा नगरपालिका–१५ स्थित सुखसैना केन्द्रबाट मतदान गरेकी छन् ।

नेपाली कांग्रेसका नेता आनन्द ढुंगानाले धनुषाधाम नगरपालिका–१ को गोविन्दपुर केन्द्रबाट र कांग्रेस नेता तथा श्रममन्त्री फरमुल्ला मन्सुरले बाराको जितपुर–सिमरा उपमहानगरपालिका–७ स्थित जितपुर उच्च मावि केन्द्रबाट मतदान गरेका छन् ।

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललेले बर्दिबास नगरपालिका–३, गौरीडाँडा मतदान केन्द्रबाट मतदान गरे ।

सहरी विकासमन्त्री प्रभु साहले रौतहटको मौलापुर नगरपालिका–५ को मौतापुर केन्द्रबाट मतदान गरेका छन् भने माओवादी केन्द्रका नेता मातृका यादवले धनुषाको सबैला नगरपालिका–२ स्थित रामप्रसाद उमावि केन्द्रबाट मतदान गरेका छन् ।

नेकपा एमालेका नेता सत्यनारायण मण्डलले सप्तरीको सप्तकोसी नगरपालिका–११ स्थित बालविकास केन्द्रबाट मतदान गरेका छन् ।

त्यसैगरी, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जितेन्द्रनारायण देवले सप्तरीको नरेन्द्र मेमोरियल मावि केन्द्रमा पुगेर मतदान गरे ।

भिडियो हेर्नुहोस्