
बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मका लागि मतदानको समय तोकिएको भएपनि लाइनमा रहेकाहरुले भने अबेरसम्मै मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा करिब ७० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ ।
प्रदेश नम्बर–२ मा पर्ने ८ जिल्लाका १३६ स्थानीय तहमा सोमबार मतदान भएको हो । दुई दशकपछि भएको स्थानीय निर्वाचनमा सर्वसाधारणको निकै उत्साहजनक सहभागिता रह्यो ।
मतदानबाट ६ हजार ६२७ जनप्रतिनिधि चुनिनेछन् । जसका लागि ३६ हजार ९९३ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
सो प्रदेशका ८ जिल्लामा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् ।
प्रतिक्रिया दिनुहोस्