महानगपालिका र सुरक्षा निकायको संयुक्त प्रयासमा ल्याइएको यो सुरक्षा अभियानअन्तर्गत् चोरी–डकैती नियन्त्रण गर्नेदेखि स–साना बदमासीलगायतका घटना नियन्त्रण गर्ने लक्ष्य राखिएको छ ।
महानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी महिला हिंसा, बालश्रम शोषण, वैदेशिक रोजगारीको ठगीजस्ता घटनाहरु पनि नियन्त्रण गर्ने र सँगसँगै सफाइमा पनि ध्यान दिइने जानकारी दिइयो ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली संयोजक रहेको मुल समितिले महानगरपालिकाभित्र हाल मुख्य ४१ ओटा चुनौती र समस्याको पहिचान गरेको छ ।










प्रतिक्रिया दिनुहोस्