
सोमबार जिल्लाका ४६२ मध्ये ४६१ मतदान केन्द्रमा गरी ६५ प्रतिशत मतदान भएको हो ।
राजविराज नगरपालिकाको वडा नम्बर–१५ मा भने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका महन्थी यादवको दुई दिनअघि मृत्यु भएकाले सो स्थानमा निर्वाचन सरेको छ ।
उक्त वडामा असोज ५ गते निर्वाचन हुने जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले जानकारी दिए ।
सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म भएको निर्वाचनमा छिटपुट र सामान्य घटनाबाहेक समग्रमा मतदान शान्तिपूर्ण र भयरहितरुपमा सम्पन्न भएको पनि मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिए ।
सप्तरीमा ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ ओटा स्थानीय तह रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्