सुर्खेत, पुस २९ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार पूर्ण रुपमा असफल भईसकेको टिप्पणी गरेका छन् ।
आइतबार सुर्खेतमा कार्यकर्ता भेटघाटका क्रममा उनले सरकार गतिहीन अवस्थामा पुगिसकेकाले दुर्घटना हुनमात्र बाँकी रहेको बताए ।
कम्युनिष्ट सरकार संघीयताको भावनाअनुसार अधिकार हस्तान्तरण नगर्ने र संघीयता नै खारेज गर्ने अभियानमा लागेको आरोपसमेत निधिले लगाए ।









प्रतिक्रिया दिनुहोस्