
उत्तर कोरियाको विदेश मन्त्रालयले वक्तव्य जारी गरी आफ्नो देशमाथि लगाइएको नयाँ प्रतिबन्धको कडा शब्दमा निन्दा गर्दै प्रतिबन्ध अनैतिक, अमानवीय र शत्रुतापूर्ण भएको जनाएको छ ।
उत्तर कोरियाले गत शुक्रबार जापानको समुद्री सतह माथिबाट मिसाइल प्रक्षेपण गरेपछि संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको हो ।
उक्त प्रतिबन्धको निन्दा गर्दैै उत्तर कोरियाले इन्धन आपूर्ति समाप्त पार्ने उद्देश्य र आफ्नो देशको आयस्रोत बन्द गर्ने जस्ता नियत भएको भन्दै यस्ता प्रतिबन्धले आफ्नो देशलाई कुनै फरक नपार्ने चेतावनी दिएको हो ।
यता अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् ।
उत्तर कोरियाको रवैयाप्रति रुष्ट रहेका यी राष्ट्रले कोरियाली प्रायद्वीपमा सैन्य अभ्यास शुरु गरेका हुन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्