निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये अधिकांशमा मतगणना शुरु भएको छ । केहीमा सर्वदलीय बैक बसी गणनाको तयारी भइरहेको छ ।
प्राप्त जानकारी अनुसार सप्तरीको तिलाठी कोइलाठी गाउपालिकामा र अग्निसाईर कृष्णासवरण गाउँपालिकामा राष्ट्रिय जनता पार्टीले अग्रता लिएको छ भने कांग्रेसले पछ्याइरहेको छ ।
सप्तकोसी नगरपालिकामा एमालेले अग्रता लिएको छ । सिराहाको कल्याणपुर नगरपालिका, ७८४ मत गणना हुँदा प्रमुखमा कांग्रेसले अग्रता लिएको छ ।
सिरहाको कल्याणपुर नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । धनुषाको मिथिला विहारी नगरपालिकामा भने एमालेले अग्रता लिइरहेको छ ।
बाराको देवतालमा भने माओवादी केन्द्रले अग्रता लिइरहेको छ । अन्य तहको नतिजा आउने क्रममा छ ।




प्रतिक्रिया दिनुहोस्