१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


प्रदेश नम्बर–२ः कहाँ–कसको अग्रता ?


0
Shares

निर्वाचन भएका ८ जिल्लाका १३६ स्थानीय तहमध्ये १३५ तहमा मतगणना जारी छ ।

सप्तरीको राजविराज नगरपालिकाको एउटा वडामा निर्वाचन नभएकाले सो नगरपालिकामा भने मतगणना हुन सकेको छैन ।

प्रारम्भिक मतगणनामा बाराका १६ स्थानीय तहमध्ये पाँचओटामा नेपाली कांग्रेस, दुईओटामा नेकपा एमाले, दुईओटामा राजपा नेपालले अग्रता लिएका छन् ।

यस्तै, रौतहटको गौर र गरुडा नगरपालिकामा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

रौतहटकै चन्द्रपुर नगरपालिकामा भने माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । माधवनारायण नगरपालिकामा संघीय समाजवादी फोरम नेपालले अग्रता लिएको छ ।

सप्तरीको खड्ग नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

सिरहाका कर्जन्हामा एमालेका उम्मेदवार अगाडि छन् भने सिरहाकै मिर्चैयामा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

महोत्तरीको मनरा सिस्वा नगरपालिकामा राजपाले अग्रता लिएको छ ।

बाराको फेटा र बारागढी गाउँपालिकामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

सिरहाको कल्याणपुरमा पनि कांग्रेस नै देखिएको छ ।

महोत्तरीको बर्दिवासमा पनि कांग्रेसका उम्मेदवार अगाडि छन् । महोत्तरीको कल्याणपुर र सिस्वा नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले अग्रता लिएका छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिकामा एमाले अगाडि छ भने सप्तरीको सप्तकोसी नगरपालिकामा पनि एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

बाराको देवतालमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् भने धनुषाको गणेशमान–चारनाथ नगरपालिकामा पनि माओवादी केन्द्र नै अगाडि छ ।

सिरहाको लक्ष्मीपुर–पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवारले अग्रता लिएका छन् ।

सप्तरीको तिलाठीमा राजपा नेपालका उम्मेदवार अगाडि छन् ।

पर्साको ठोरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।