
मंगलबार साँझ सार्वजनिक भएको मतपरिणामअनुसार वडाध्यक्षमा पनानलाल साह ४८१ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लालबाबु मियाँले १८० मत प्राप्त गरेको निर्वाचन अधिकृत यमप्रसाद ढुंगानाले जानकारी दिए ।
त्यसैगरी, पचरौता नगरपालिका–१ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
नेकपा एमालेका उम्मेदवार जगतनारायणप्रसाद यादवले ८१७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकतम् प्रतिद्वन्द्वी राजपा नेपालका विनय सिंहले ६४० मत प्राप्त गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्