११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


‘मारिया’ समुद्रीक आँधीले सबै कुरा गुमायो : प्रधानमन्त्री रोसभेल्ट


0
Shares

प्रधानमन्त्री रोसभेल्ट स्केटेरिटले मंगलबार पैसाले किन्न सकिने सबै कुरा गुमाएको भन्दै क्षतिको परिणाम व्यापक भएको बताएका छन् ।

‘मारिया’ नाम दिइएको उक्त आँधीका कारण विमानस्थल र बन्दरगाहहरु बन्द गरिएको छ । तटिय क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

२्६० किलोमिटर प्रतिघन्टाको वेगमा आएको आंधीका कारण क्यारेवियन टापुमा भूस्खलसमेत भएको छ । गत महिना यही क्षेत्रमा ठूलो क्षति पुर्याएको इर्मा नामक आँधी कै दिशामा अहिलेको ‘मारिया’ आँधी पनि बहिरहेको छ ।

ब्रिटिस उपनिवेशसमेत रहिसकेको डोमेनिकामा ७२ हजारमात्र जनसंख्या रहेको छ । यो मुलुक ५० किलोमिटर लम्बाईमा र २५ किलोमिटर चौडाइमा फैलिएको छ । यो महिनाको सुरुमा आएको ‘इर्मा’ आँधीका कारण ३७ जनाको मृत्यु भएको थियो । -एजेन्सी