Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


अयोग्य ठहर गरिएका १८ जना भारतीय सांसद अदालतको ढोकामा


0
Shares

‘अन्ना द्रविडा मुन्नेत्रा खाजघाम’ दलका अयोग्य ठहरिएका १८ जना सांसदले सभामुख पि.धनपालले कानून विपरीत हुनेगरी आफूहरूलाई अयोग्यको विल्ला भिराएको भन्दै मंगलबार मद्रास उच्च अदालतमा निवेदन दिएका स्थानीय अधिकारीले जनाएका छन् ।

सांसदहरूको निवेदन उपर सम्भवत आगामी बुधबार सुनुवाई हुने जनाइएको छ ।

‘मंगलबार अयोग्य घोषणा गरिएका सांसदका वकीलले मद्रास उच्च अदालतमा आफूमाथि लगाइएका अयोग्यको विल्लालाई रद्द गर्न निवेदन परेको छ,’ उक्त अदालतका अधिकारीले बताए । ती अधिकारीले भने ‘अदालतले यस बिषयमा सम्भवत भोली (बुधबार) सुनुवाई गर्नेछ ।’

राज्यका गभर्नरलाई सांसदले लेखेको पत्रमा समेत वर्तमान मुख्यमन्त्रीले जनताको विश्वास गुमाएका दावी गरिएको छ । अयोग्य ठहर गरिएका १८ जना सांसदले नत आफूहरूले आफ्नो दल छोडेको घोषणा गरेका छन् न कुनै दलमा एकता प्रक्रियामा समाहित भएका जनाएका छन् ।

गत बर्ष आकष्मिक रूपमा उक्त दलको सर्वोच्च नेतृ जयललिताको निधन भएपछि तामिलनाडुको सत्ताधारी दलमा विभाजन देखिएको छ । रासस/सिन्ह्वा