२१ जेष्ठ २०८२, बुधबार | Thu Jun 5 2025


मासिक ८ अर्बको खसीबोका खपत, दशैंमा समान्य अवस्थाको तुलनामा ८ गुणा बढी खपत


0
Shares

उपभोक्ता मूल्यका आधारमा नेपालीले मासिक आठ अर्ब २५ करोड रुपैयाँको खसीबोकाको मासु खपत गर्दै आएको पाइएको हो ।

आयस्रोत कम भए पनि नेपालीले मासुका लागि अबौं रुपैयाँ खर्चिदैं आएको तथ्यांक छ । नेपालीले खसीबोकाको मासुका लागिमात्रै वार्षिक ९९ अर्ब सात करोड रुपैयाँ खर्च गर्छन् । पशुपन्छी मन्त्रालयका अनुसार देशभर मासिक चार लाख ३० हजार खसीबोका खपत हुन्छन् ।

यसमा दशैंलगायत चाडपर्वको खपतलाई जोडिएको छैन । दशैंका बेला सामान्यभन्दा झण्डै आठ गुणा बढी मासु खपत हुने पाइएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट