११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


‘मारिया’ समुद्री आँधी भर्जिन आइल्याण्ड र पोर्टो रिकोतर्फ अघि बढ्यो


0
Shares

प्रतिघण्टा २ सय ६० किलोमिटरको वेगसम्म आएको मरिया आँधीले डोमेनिकामा व्यापक क्षति पुर्‍याएको छ ।

सबैभन्दा खतरनाक स्तर क्याटगोरी पाँचको उक्त आँधी रातको समयमा डोमिनिका प्रवेश गरेको थियो ।

अमेरिकी भूगाम पोर्टो रिकोका गर्भनरले टापुका ३५ लाख मानिस सुरक्षित बासस्थानको खोजीमा रहेको बताएका छन् ।

सयौं आश्रयस्थलहरु बनाइएको छ । आँधीका कारण त्यहाँका विभिन्न स्थलमा पहिरो भएको छ ।

यसै महिना क्यारेबियन क्षेत्रमा आएको शक्तिशाली इर्मा आँधी हिँडेकै बाटो हुँदै मरिया आँधी अघि बढिरहेको छ ।

इर्मा आँधीका कारण ३७ जनाको मृत्यु भएको थियो ।(एजेन्सी)