तर चाडबाडको यही समयमा विदेश जानुपर्ने बाध्यता ब्यहोर्ने पनि उत्तिकै छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरीबीको चपेटमा परेका युवाहरु दशैंको मुखमा मनै अमीलो बनाएर विदेशिएका छन् ।
दशैँ नजिकिंदै गर्दा आफ्नो घर परिवारलाई छाडेर वैदेशिक रोजगारका लागि कुवेत जान लागेका ३३ वर्षिय धर्मेन्द्र चौधरी मन अमिलो बनाएर विदेशिन लागेको सुनाए ।
दुई वर्ष कतारमा काम गरेर आएका चौधरी अहिले राम्रो काम र धेरै पैसा कमाउने आशामा कुवेत जान लागेका हुन् ।
उनी जस्तै अर्का २९ वर्षीय लेखबहादुर पौडेलले सात वर्षदेखि दशैँ मनाउन पाएका छैनन् । करीब सात वर्षपछि साउदी अरबबाट नेपाल फर्केका पौडेल यसपटक पनि दशैँ मनाउन नपाएकोमा निकै दुःखी छन् ।
घरको आर्थिक अवस्था कमजोर भएकाले रोजगारीको लागि विदेशनै जानुपर्ने बाध्यताबाट छुटकारा नपाएको उनको छ ।
नेपालमा काम गरेर घर परिवारलाई सुःख सँग राख्न नसकेपछि विदेशिनुको विकल्प नहुने पौडेलको भनाइ छ ।.वैदेशिक रोजगारी धेरैजसो नेपालीको रोजीरोटी बनेको छ ।
आफ्नै देशमा रोजगारी नपाएपछि गुजारा चलाउनकै लागि विदेशिनुको विकल्प छैन, नेपाली युवामा ।
२२ वर्षिय प्रजोल तामाङ र २४ बर्षिय निरज पौडेल परिवारसँग बसेर रमाइलो गर्ने समयमा आफूहरु विदेशिनु परेकोमा दुःख व्यक्त गर्छन् ।
दशैंको समयमा विदेशिनेको सँख्या जति छ त्यसैगरी विदेशबाट फर्कनेहरुको लर्को पनि विमानस्थलमा उसैगरी देखिन्छ ।
जानेको अनुहारभरी परिवारसँग विछोडिनुको पीडा भएपनि फर्कनेहरु भने निकै खुशी देखिन्छन् । लामो समय विदेशमा बसेका नेपाली दशैँ मनाउन घर फर्कन पाउँदा यस्तो बताउँछन् ।
घरको आर्थिक अवस्था कमजोर र आफनै देशमा रोजगारी नपाउँदा धेरैजसो नेपालीको रोजगारीको गन्तव्य खाडी मुलुकहरु बन्ने गरेका छन् ।
मलेशिया र दक्षिण कोरिया जस्ता मुलुकले पनि नेपालीलाई रोजगारी दिइरहेका छन् । तर वैदेशिक रोजगारीमा भइरहको ठगी र ज्यादतीबाट पाइला पाइलामा सताइएका छन् ।
यस्तोमा पनि चाडबाड नै किन नहोस् गरिबीको विवसता ढाकछोप गर्न अमिलो मन बनाएर विदेशिनुको कुनै विकल्प छैन ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस










प्रतिक्रिया दिनुहोस्