
कतारमा केही महिनायतादेखि उत्पन्न कूटनीतिक तनावकाबारेमा सो भेटवार्ता केन्द्रित भएको बताइएको छ ।
कतारमाथि पछिल्लो समयमा उसका छिमेकी देशहरुले नाकाबन्दी लगाएका छन् । उनीहरुले आफ्नो आकाशमा कतार एअरवेजलाई उड्न पनि दिएका छैनन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएका कतारका राजा थानी र अमेरिकी राष्ट्रपतिबीच सो भेटवार्ता भएको बताइएको छ ।
भेटवार्ताकाक्रममा कतारका राजाले आफ्नो देशमा लगाइएको नाकाबन्दीका साथै अन्य कूटनीतिक समस्याका कारण उत्पन्न भएको असहज परिस्थितिकोबारेमा जानकारी दिएका थिए ।
सोक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त समस्याको समाधान चाँडै हुने आश्वासन दिएको बताइएको छ ।
कतारका राजा थानीले आफ्नो देशमा देखिएको समस्याको अवगत गराउनुका साथै उक्त समस्याको समाधानका लागि अमेरिकाले मध्यस्थता गरिदिनुपर्ने आग्रह गरेका थिए ।
सो भेटकाक्रममा अमेरिकाले जारी राखेको आतंकवादविरोधी अभियानमा कतारले पनि सघाउनुपर्नेमा जोड दिएको र यस विषयमा दुवै देश मिलेर काम गर्ने विषयमा समझदारी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
गत जुन महिनाको ५ तारिखदेखि साउदी अरबको नेतृत्वमा कतारका छिमेकी देशहरुले कतारलाई कूटनीतिकरुपमा एक्लाउने काम गरेका छन् ।
उनीहरुले कतारसँगको कूटनीतिक सम्बन्ध पनि एक पक्षीयरुपमा तोडेका छन् । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्